कामना सेवाको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल मेला सम्पन्न


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
कामना सेवाको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल मेला सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु अन्तर्गत बुधवार बैंकले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ। उक्त डिजिटल मेलामा बैंकले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्युआर रजिष्ट्रेशन गरिएको थियो ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा गत शुक्रवार देखी विभिन्न ठाउँहरुमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो । हाल बैंकले आफ्ना १३५ संजाल, ७७ वटा एटिएम वुथ तथा १७ वटा शाखा रहित बैंकिङ केन्द्र मार्फत् आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

  • KBL Ad