उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एफपीओमा पहिलाे दिन नै १८.११ गुणा बढी शेयर माग भएकाे छ । उन्नति लघुवित्तको आजदेखि निष्काशन गरेकाे एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्।
उन्नति सहकार्य लघुवित्तकाे एफपीओमा ३२ लाख ३३ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेकाे हो।








