जनकपुरधाम । महोत्तरीमा हतियार देखाउँदै एनमबी बैंक लुट्न खोज्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सोमबार जिल्ला अदालत महोत्तरीले बैंक लुट्ने धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ मुखियापट्टी बस्ने वर्ष २२ वर्षीय अनरजीत रामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
थुनछेक बहस पश्चात् उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलिपकुमार गिरिले जानकारी दिए । उनलाई जलेश्वर कारागार महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।