लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ८८.४५५ हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले शेयर निष्काशनका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।