काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ ।
मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले असोज २६ गते प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।
इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत मुक्तिना क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ । मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फण्ड हो ।