कात्तिक २१ गतेदेखि उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्काशन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कात्तिक २१ गतेदेखि उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्काशन गर्ने

उन्नति सहकार्य लघुवित्तले कात्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। विकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर ५ गतेसम्म आवदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

  • MBL - below news