सिन्धु विकास बैंकको २६औं शाखा चितवनको खोलेसिमल बजारमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिन्धु विकास बैंकको २६औं शाखा चितवनको खोलेसिमल बजारमा

सिन्धु विकास बैंकको २६औं शाखा चितवन जिल्लाको कालिका नगरपालीका वडा नंं. ६ स्थीत खोलेसिमल बजारमा संचालनमा आएको छ ।  सोमबार प्रमुख अतिथिका रुपमा कालिका नगरपालीकाका नगर प्रमुख बिनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको बारेमा प्रकाश पारेका थिए। यसै गरी कालिका नगरपालिकका नगरप्रमुख विनोद रेग्मीले बैंकको प्रगतीको कामना सहित शुभकामना मन्तव्य राखेका थिए। बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकहरुलाई अझ थप सेवाहरु प्रदान गर्दै लगिने बताए। 

Read More