मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको EV स्कुटरहरुको खरिदमा विशेष छुट


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको EV स्कुटरहरुको खरिदमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफनो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रा. लि ” (Pinnacle Motorrad Pvt. Ltd) सँग लिफान नेपालको EV स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  

 यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका भ्ख् स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र  एक्सेन्जमा समेत छुट  प्राप्त गर्न सक्नेछन ।

  साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटयान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

  • EBL Ad news