काठमाडौं : नेपाल धितोपत्र बोर्डले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्री अनुमति दिएको हो ।
यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङले गर्नेछ । अब, कम्पनीले छिट्टै एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।