काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सुचीकृत भएको हो ।








