काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनी लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाड्रोपावर कम्पनीबीच साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्धसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा खानीखोला तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।