काठमाडौं । सुर्यज्योती लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्यबिनायक शाखाले बीमित सुनिता राईलाई घातक रोग (सीआई) सुबिधा अन्तर्गत बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीले बीमित राईकी बहिनी सन्जु देवान मार्फत कर कट्टा गरी १९ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । बीमीत राई अहिले घातक रोगबाट ग्रसित भएर अस्पताल भर्ना भएकी छन् ।