भदौ मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन्। एक महिनामा ४४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका हुन्।
एक महिनामा वाणिज्य बैङ्कहरूले १ खर्ब ९ अर्ब ८४ करोड, विकास बैङ्कहरूले ५ अर्ब २ करोड र वित्त कम्पनीहरूले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप थप गरेका हुन्। भदौ मसान्तसम्म वाणिज्य बैङ्कहरूसँग ५० खर्ब ४७ अर्ब २५ करोड, विकास बैङ्कमा ५ खर्ब ६६ अर्ब २५ करोड र वित्त कम्पनीहरूमा १ खर्ब ११ अर्ब ६० करोड गरी कूल ५७ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप मौज्दात छ।