काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकामा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइएमबी क्यापिटलले जानकारी गराएको छ ।








