समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत पोखरा शाखामार्फत प्रगतिशिल नारी समूहलाई कुर्सि र डस्टबिन वितरण गरेको छ ।
समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदायीत्व अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्वारा प्रगतिशिल नारी समूहलाई बाह्र वटा प्लाष्टिक कुर्सि र डस्टबिन उपलब्ध गराएको हो । वितरण कार्यक्रममा समूहका सदस्यहरु, समाजसेवि तथा टोलवासीको सहभागिता रहेको थियो ।