नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित MDRT Global Conference मा फहराए नेपालको झण्डा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित MDRT Global Conference मा फहराए नेपालको झण्डा

नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित MDRT Global Conference मा सहभागिता जनाउनु भएको छ । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT ले आफ्नो Global Conference सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै  कार्यक्रममा  राम चन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकी ज्युले सहभागिता जनाउनु भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्नु भयो ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताउनु भयो ।  यस्तो  एक्सपोजरले  व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताउनु भयो र कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई MDRT बन्न उत्प्रेरणा प्रदान गरि रहेको कुरा जानकारी गराउनु भयो ।   


“किनकि जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूणर् सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना  करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad