राजिनामा माग्दै एनएमबि लघुवित्तका कर्मचारीले काम ठप्प पारेपछि एचआर प्रमुखले दिए राजिनामा, ‘अब एनएमबि सुध्रिन्छ’


  • Shangrila Ads
  • ADBL
राजिनामा माग्दै एनएमबि लघुवित्तका कर्मचारीले काम ठप्प पारेपछि एचआर प्रमुखले दिए राजिनामा, ‘अब एनएमबि सुध्रिन्छ’

काठमाडौं । एचआर प्रमुख कमल पोखरेलको हेपाईले हद नाघेको भन्दै एनएमबि लघुवित्तका सयौं कर्मचारीहरुले सामुहिक राजिनामा दिँदै आन्दोलन गरेपछि अन्ततः लघुवित्तका एचआर प्रमुख पोखरेलले संस्था छाडेका छन् । कर्मचारीहरुलाई दुर्व्यवहार गरेको, मनपरी बोलेको, काम चोर भनेको, जागिरबाट निकाल्ने धम्की दिएको र काम गर्ने वातावरण बिगारेको भन्दै पोखरेलको राजिनामालाई ‘बटम लाइन’ बनाएर कर्मचारीहरु आन्दोलनमा होमिएका थिए । संस्थाको काम नै ठप्प भएपछि बसेको संस्थाको आकस्मिक बैठकले पोखरेललाई राजिनामा दिन सुझाएको थियो ।

Read More
  • KBL Ad