मिड सोलु हाईड्रोपावरले स्थानीय बासिन्दालाई निष्काशन गरेको साधारण शेयर बाँडफाँट


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
मिड सोलु हाईड्रोपावरले स्थानीय बासिन्दालाई निष्काशन गरेको साधारण शेयर बाँडफाँट

एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेड(MIDSOLU)को शेयर बाँडफाँट गरिएको छ । हाइड्राेपावरले जारी पूँजीको १०% अर्थात ७ कराेड ४८ लाख ४० हजार रूपैयाँ रकम बराबरको १०० रूपैयाँ अंकित दरको ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याएको थियाे ।

जारी गरिएकाे शेयरमध्ये अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नपा वडा नं. ३,४,५,६,७ र ११ का स्थायी बासीन्दाहरुको लागि ५,६१,३०० कित्ता र प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड न.पा. वडा नं.३,४,५,६,७ र ११ बाहेकका अन्य सोलुखुम्बुका स्थायी बासीन्दाहरुको लागि १ लाख ८७ हजार १०० कित्ता साधारण शेयरहरु साउन १४ गतेदेखि साउन ३० गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला भएको अवधिमा प्राप्त भएका आवेदनहरुलाई आवश्यक प्रशोधन गरी देहाय बमोजिम शेयर बाँडफाँट गरिएको हाे ।

Read More
  • KBL Ad