नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्‍द्वारा स्वीकृत


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

नयाँ दिल्ली — भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । 

द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो ।

Read More
  • EBL