समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने

बनेपा ७, काभ्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले केन्द्रीय कार्यालय सिद्धार्थनगर ५, रुपन्देही रहेको प्रदेशस्तरिय मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने गरि एक समारोह बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरिएको हो । प्राप्ति पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पूँजी रु. ५७ करोड ५९ लाख र कुल शाखा संख्या ९९ वटा हुनेछ । हाल समता घरेलु लघुवित्तले रु. ३ करोड ३२ लाख ८५ हजार ६ सय बराबरको साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु) गर्ने गरि प्रक्रिया अघि बढाईएको जानकारी कम्पनी सचिव विश्व श्रेष्ठले बताउँनु भयो ।  

  • MBL - below news