पूर्वाधार बैंकले ५० करोडभन्दा बढी कर्जा लगानी गर्दा अब क्रेडिट रेटिङ हेर्नुपर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पूर्वाधार बैंकले ५० करोडभन्दा बढी कर्जा लगानी गर्दा अब क्रेडिट रेटिङ हेर्नुपर्ने

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) ले अबदेखि कुनैपनि परियोजनामा ५० करोड रुपैयाँ माथिको लगानी गर्दा लगानी गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य हेर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राको नाममा शुक्रवार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

‘पूर्वाधार विकास बैंकले रु.५० करोड वा सो भन्दा बढीको कर्जा उपभोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संख्याको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ’ केन्द्रीय बैंकद्वारा जारी निर्देशनमा भनिएको छ । यस्तो व्यवस्था यसअघि थिएन । 

Read More
  • MBL - below news
  • EBL Ad news