पूर्वाधार बैंकले ५० करोडभन्दा बढी कर्जा लगानी गर्दा अब क्रेडिट रेटिङ हेर्नुपर्ने


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
पूर्वाधार बैंकले ५० करोडभन्दा बढी कर्जा लगानी गर्दा अब क्रेडिट रेटिङ हेर्नुपर्ने

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) ले अबदेखि कुनैपनि परियोजनामा ५० करोड रुपैयाँ माथिको लगानी गर्दा लगानी गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य हेर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राको नाममा शुक्रवार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

‘पूर्वाधार विकास बैंकले रु.५० करोड वा सो भन्दा बढीको कर्जा उपभोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संख्याको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ’ केन्द्रीय बैंकद्वारा जारी निर्देशनमा भनिएको छ । यस्तो व्यवस्था यसअघि थिएन । 

Read More