नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियाेगमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियाेगमा सिटिजन्स बैंकका एक कर्मचारी पक्राउ

सिटिजन्स बैंकका एक कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियाेगमा पक्राउ परेका छन् । प्रहरीले काठमाडौंस्थित बैंकका ती कर्मचारीलाई शैक्षिक प्रमाणपत्र किर्ते गरेकाे आरोपमा नियन्त्रणमा लिइएकाे हाे ।

दलबहादुर पुन नाम गरेका कर्मचारीले बैंकमा पेश गरेको स्नातकको प्रमाणपत्र नक्कली पेश गरेकाे भन्दै प्रहरीलाई जानकारी दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । उनले ब्यचलर इन कमर्स भारतबाट गरेकाे भन्दै बैंकमा प्रमाणपत्र पेश गरेकाे प्रहरीले जनाएकाे छ । बैंकले त्रिभुवन विश्वविद्यालयसँग समेत पुनको प्रमाणपत्रबारे बुझेको थियो ।

उनकाे भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली भेटिएको प्रहरीकाे भनाइ छ । प्रहरीले बैंकका अन्य तीन कर्मचारीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेकाे छ ।

Read More