धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताहरुको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ । यस सम्झौता अनुरुप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट दिनेछ।
यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवी जनशक्ति प्रयोग गर्ने र ८% सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाए ।







