काठमाडौं । समृद्धि फाइनान्सको तिन शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले श्रावण २६ गते शुक्रवारको दिन संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र कसाह शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पुर्ण १३ वटै शाखाहरु बाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।