हिमालयन लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
हिमालयन लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला राजपुर नगरपालिका वडा नं.६, राजपुर कुरीया टोलमा रहेको केन्द्र नं. ८५ कि सदस्य फुलकुमारी देवीको श्रीमान् प्रभु ठाकुरको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य श्रीमति फुल कुमारी देवीले संस्थाबाट एक लाख ५० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ८७ हजार ५ सय समेत फिर्ता गरी जम्मा रकम १ लाख १२ हजार ५ सय  निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताएका थिए ।

Read More