स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।
सम्झौतामा कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।