स्मार्ट लाइसेन्स नयाँमै जीर्ण ! २० हजार रिप्रिन्ट गरिँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्मार्ट लाइसेन्स नयाँमै जीर्ण ! २० हजार रिप्रिन्ट गरिँदै

११ असार, काठमाडौं । चितवनका विपिन ढकालले गत भदौमा सवरीको ट्रायल पास गरे । झण्डै एक वर्षपछि स्मार्ट लाइसेन्स उनको हातमा पर्‍यो । तर, खुशी हुनुको साटो उनी आक्रोशित बनेका छन् ।

ढकालले पाएको नयाँ लाइसेन्समा बुवा थर र नागरिकता नम्बरको केही भाग मेटिएर अस्पष्ट छ । नयाँमै जीर्ण देखिएको लाइसेन्स प्रयोगमा आएपछि झन् कस्तो होला स्वतः अनुमान गर्न सकिन्छ ।

‘यत्रो समय कुरेर हात परेको लाइसेन्समा स्पष्ट विवरणहरु छैनन्,’ ढकालले अनलाइनखबरसँग गुनासो गरे, ‘नाम मात्रैको स्मार्ट रहेछ ।’

समस्या विपिनको मात्रै हैन । हाल नयाँ लिँदालिँदै गतिलोसँग विवरण प्रिन्ट नभएका साढे ३ लाख लाइसेन्स सवारी चालकको हातमा पुगेको छ । यस्तो गणस्तरहीन लाइसेन्स फिर्ता गर्न विभागमा धाउनेको संख्या निकै बढेको छ ।

 

Read More
  • MBL