मल्टिपर्पोजको सेयर कारोबार रोकियो, ८६५% हकप्रदको मूल्य समायोजनमा त्रुटी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मल्टिपर्पोजको सेयर कारोबार रोकियो, ८६५% हकप्रदको मूल्य समायोजनमा त्रुटी
काठमाडौं : मल्टिपर्पोज फाइनानसको सेयर कारोबार बुधबार नहुने भएको छ । फाइनान्सको ८६५% हकप्रद सेयरको मूल्य समायोजनमा त्रुटी भएपछि सेयर कारोबार रोक्का भएको हो । मंगलबारको क्लोजिङ भाउका आधारमा मल्टिपर्पोजको समायोजित मूल्य प्रतिकित्ता १०९ रुपैयाँ हुनुपर्नेमा १८० रुपैयाँ ७ पैसा भएपछि कारोबार रोकिएको नेप्सेले जनाएको छ ।
 
कम्पनीले नेप्सेलाई गलत विवरण पठाएपछि मूल्य समायोजनमा त्रुटी भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । मंगलबार भने मल्टिपर्पोजको क्लोजिङ भाउ १८७ रुपैयाँ रहेको थियो । कम्पनीले असार २३ गतेदेखि १ः८.६५ अनुपातमा हकप्रद बिक्री गर्न बुधबार (असार ११ गते) देखि बुक क्लोज गरेको हो ।
Read More
  • MBL