सुनको मूल्य तोलामै ७० हजारसम्म पुग्ने अनुमान


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सुनको मूल्य तोलामै ७० हजारसम्म पुग्ने अनुमान

गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५ सय पुगेको हो । 
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार तोलामा ६५ हजार ५ सय मूल्य अहिलेसम्मकै रेकर्ड हो । महासंघका अध्यक्ष मोहन विश्वकर्माले अमेरिका र इरानबीच भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको बताए । “गत सातादेखि सुनको मूल्य लगातार बढ्दै गएको छ,” उनले भने, “मूल्यवृद्धि भइ कारोबार कम हुँदा व्यवसायीलाई असर परेको छ ।” सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । लगनको समय भए पनि मूल्य बढेकाले बजारमा सुनको माग एकदम न्यून छ । उनले भने, “अहिले नयाँ गहनाभन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै छ ।”

Read More
  • EBL