काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ दशमलव २८५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर असार १३ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो ।
बोनस शेयर वापतको १४ लाख ७७ हजार ५४२ कित्ता शेयर कम्पनीले कारोबारयोग्य बनाएको हो । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।