दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार माहुली लघुवित्त वित्तीय संस्था (MSLB) र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।

माहुली लघुवित्त वित्तीय संस्थाको ४ लाख २ हजार ९१.४५२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको पनि ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै लघुवित्तको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Read More
  • MBL - below news