लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आउनु भएका किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ । उक्त अवसरमा शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल हुनुभएको छ । सोही अवसरका लुम्बिनी विकास बैंकले आज अर्थात जेठ ८ गते सम्मान कार्यक्रमको आयोजना गरी उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको हो । सो सम्मान–पत्र बैंकका अध्यक्ष श्री चिन्तामणि भट्टराईज्यूले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गर्नु भएको बैंकले जनाएको छ ।

किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले २८ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि. लाई गौरवान्वित बनाएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
 

  • KBL Ad