एनआईसी एसिया लघुवित्तले दियो नक्कली ऋणीलाई साढे ४ करोड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एसिया लघुवित्तले दियो नक्कली ऋणीलाई साढे ४ करोड

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका-५ थलह बजारको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका कर्मचारीले नक्कली ऋणी खडा गरेर ठूलो रकम हिनामिना गरेको भेटिएको छ। थलह शाखाका कर्मचारीले ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको हो।

कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन्। करिब २ सय ८५ नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ कर्मचारीले रकम हिनामिना गरेको आरोप लागेको छ।

केसीको नेतृत्वमा रहेको कर्मचारी टिमले नक्कली ऋणी खडादेखि ब्याज बापतको रकम हिनामिना गरेको आरोप लागेको हो। नक्कली ऋणी खडा गरेर कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन्। लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा उक्त रहस्य खुलेको हो। ठूलो रकम हिनामिना भएको कुरा पत्ता लागेपछि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा—७ काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले तत्कालीन शाखा प्रमुख केसीसहित ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दर्ता गराएको हो। मुद्दा परेका आठै कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ।

Read More
  • MBL - below news