गुठी विधेयक औपचारिक रुपमै फिर्ता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गुठी विधेयक औपचारिक रुपमै फिर्ता

काठमाडौं : राष्ट्रिय सभाबाट गुठी सम्बन्धी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ । मंगलबारको राष्ट्रियसभाको बैठकमा विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । 

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को चौतर्फी विरोध भएपछि अघिल्लो साता पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले विधेयक फिर्ता हुने जानकारी गराएकी थिइन् ।  गुठी विधेयकले धर्मसंस्कृतिमाथि प्रहार गरेको भन्दै राजधानीका नेवारी समुदायले राजधानीमा विशाल जनप्रदर्शन गरेपछि सरकार विधेयक फिर्ता लिने निर्णयमा पुगेको थियो । 

विधेयकमा के छ?
गुठीयारको अधिकार खोसेर प्राधिकरणलाई दिने कुरामा विधेयक केन्द्रित छ। गुठी विधेयकको दफा ३ मा राष्ट्रिय गुठी प्राधिकरणको स्थापना गर्ने व्यवस्था गरिएको छ। विधेयकको दफा(४)मा उक्त प्राधिकरणको काम कर्तव्यको व्यवस्था गरिएको छ। जसले सम्पूर्ण गुठीयारको अधिकार खोसेको छ। 

Read More
  • MBL