अग्नी बीमा भनेको के हो ? यसबीमालेख बारे पूर्ण जानकारी ।


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
अग्नी बीमा भनेको के हो ? यसबीमालेख बारे पूर्ण जानकारी ।

अग्नि बीमालेख भनेको भवन, भवन भित्र राखिएका सामान, मेसिनरीलगायत स्थिर सम्पत्तिको सुरक्षाको लागि गरिने बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ ।

आगोको विपतबाट बच्ने सम्भावना भएको वस्तु शायदै कुनै होला । तसर्थ, कुनै पनि चल अचल सम्पत्ति जस्तै भवन, फर्निचर, फिटिंगको सामान, घरेलु सामग्री, मेशीनरी, उपकरण, मालसामान आदिको सुरक्षाको लागि अग्नि बीमा आवश्यक छ । यस बीमालेखबाट आगो, चट्याङ र ग्यासको विस्फोटनले हुने हानी नोक्सानीबाट सुरक्षा दिन्छ । यसमा अन्य जोखीमहरू, जस्तै– बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमाशुल्कको भुक्तानी गर्नुपर्छ ।

बीमालेखले सुरक्षण प्रदान गर्ने अवस्थाहरू

बीमितले प्रस्ताव फारममा उल्लेख गरेका सम्पत्ति आगलागी, चट्याङ, भूकम्प, वाष्पचाप उत्पादन गर्ने सरसामानको विष्फोटनबाहेक अन्य सबै विष्फोटनबाट हानिनोक्सानी भएको अवस्थामा बीमा कम्पनीले बीमितलाई क्षतिपूर्ति प्रदान गर्छ । त्यस्तै, बाढी तथा जलमग्न, पहिरो, भूस्खलन र नयाँ संरचना निर्माण गर्दाबाहेकको अवस्था भएको जमीन भासिने कार्य, हुरीबतास तथा आँधीबेहरीबाट सम्पत्तिको हानीनोक्सानी भएमा पनि कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ ।

Read More
  • MBL