प्रदेश ३ को बजेट वितरणमुखी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रदेश ३ को बजेट वितरणमुखी

५० लाख रूपैयाँभन्दा माथिका आयोजना मात्र छनोट गरी कार्यक्रम कार्यान्वयनमा ल्याउने नीति लिएको प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट वितरणमुखी बनाएको छ । प्रदेश सरकारले आफ्नै नीतिविपरीत सयौं टुक्रे योजनामा बजेट विनियोजन गरेको हो ।
बजेट तुर्जुमालाई वैज्ञानिक तथा वस्तुनिष्ठ तुल्याउने निश्चित आधार र मापदण्डसहितको बजेट तर्जुमा निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख भए पनि त्यसलाई प्रदेश सरकारले पूर्णरूपमा वेवास्ता गरी नेता र कार्यकर्तामुखी बजेट ल्याइएको प्रदेशसभा सदस्यहरूको आरोप छ । प्रदेशसभा सदस्य पुकार महर्जनले प्रदेश सरकारको आगामी वर्षको बजेट पनि वितरणमुखी मात्रै भएको भन्दै आलोचना गरे ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभा बैठकमा पेश गरेको विनियोजन विधेयकमा १० लाख रूपैयाँदेखि ५० लाखसम्मका उपभोक्ता समितिमार्फत् काम गर्ने गरी सयौं योजनामा बजेट छुट्याइएको छ । प्रदेशसभा सदस्य रजनी जोन्छे अमात्यले बजेट नेता र कार्यकर्तामुखी मात्र भएको भन्दै पूर्णरूपमा पूर्वाग्रही रहेको विश्लेषण गरिन् ।

Read More
  • MBL