एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच ‘आइडिया टु आइपिओ’ सेवा उपलब्ध गराउने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच ‘आइडिया टु आइपिओ’ सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत लाजिम्पाट, काठमाडौंमा कार्पोरेट कार्यालय रहेको अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा, Private Placement बाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र अगम फूड इण्डष्ट्रि प्रा.लि.बीच जेष्ठ ३० गते दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

Read More
  • MBL - below news