ज्योति विकास बैंकले सुरु गर्यो कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सक्ने सुविधा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ज्योति विकास बैंकले सुरु गर्यो कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सक्ने सुविधा

ज्योति विकास बैंकले एटिएम कार्ड बिना नै रकम निकाल्न सकिने सेवाको सुरुवात गरेको छ ।  बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको हो।

 

बैंकका अनुसार यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

बैंकको मोबाइल बैकिङ एप तथा वेब ब्राउजर मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news