नेपाल बैंक लिमिटेड र फोकस वान पेमेन्ट सोलुसन्स प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक संजीव जोशी र फोकस वानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेटमा एड गरी विभिन्न सेवाहरु जस्तै मोवाईल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे गरि रु. ६,०००/- भन्दा बढी भुक्तानी समेत गर्न सक्ने बैंकले जनाएको छ ।







