गाँजा खेतीले बजेटमै प्राथमिकता पाएपछि हौसिए अभियन्ताहरू


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गाँजा खेतीले बजेटमै प्राथमिकता पाएपछि हौसिए अभियन्ताहरू

काठमाडौँ । नेपालमा पछिल्लो समय संसदमा समेत बहसको विषय बनेको गाजा खेतिबारे सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नै उल्लेख गरेको छ । गाजाखेतिको सम्भाब्यता अनुसन्धानलाई प्राथमिकता दिने भनी सरकारले बजेटमै उल्लेख गरेको हो । औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा.रामशरण महतले घोषणा गरेका छन् ।

नेपालमा गाँजाखेतिलाई बैधानिकता दिनेबारेमा राजनीतिक दलकै नेताहरुबीच बहस शुरु भएको केही वर्ष भयो । एमाले नेता शेरबहादुर तामाङले गाँजा खेतिलाई बैधानिकता दिएर नेपाललाई समृद्ध बनाउने सकिने भन्दै भन्दै अघिल्लो संसदमा आवाज उठाएका थिए ।

Read More
  • MBL