उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा स्टार्ट अप उद्योगहरुलाई छनोट गरेको छ । प्रथम चरणको मूल्याकंन प्रक्रियाबाट विभागले दोस्रो चरणको मूल्यांकनका लागि १८६ वटा उद्योगहरुलाई छनोट गरेको हो ।
छनोटमा परेका उद्योगलाई कर्जाका लागि उद्योग विभागले राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने भएको छ ।
विभागले गत चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो । विभागले माग गरेको प्रस्तावसहितको आश्वानमा ४०५ वटा ीटार्ट अप उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए ।
विभागले पहिलो चरणको मूल्याकंन प्रकृयाबाट २१९ वटा उद्योगलाई हटाएको थियो ।