आठ सहकारी संस्था एकीकरण


  • KSBBL
  • Shine Resunga Development Bank Limited (SHINE)
Gorkha Patra

नेपालगन्ज, जेठ १२ गते । बाँकेमा सहकारी संस्थालाई सुदृढ र झन् बलियो बनाउन जिल्लाका आठ वटा सहकारी संस्थाले एकीकरण गरेर एकीकृत कारोबार गर्ने निर्णयमा पुगेका छन् । 

कोराना महामारीपछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू राम्रो तरिकाले सञ्चालन हुन नसकेको जनाउँदै बाँकेका आठ वटा साना किसान सहकारी संस्था ‘अष्टम साना किसान कृषि सहकारी संस्था’ को नाममा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी राप्तीसोनारी–८ बाँके, लगनशील साना किसान कृषि सहकारी संस्था लिमिटेड वैजनाथ–६ बाँके, महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड वैजनाथ–८ बाँके, त्यसै गरी सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्ती सोनारी–४ बाँके, सौगात साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्तीसोनारी–५ बाँके, नवज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–२ बाँके, हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–८ बाँके र आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था लिमिटेड जानकी–६ बाँके रहेका छन् ।

Read More
  • Prabhu Bank
  • Citizens Bank Ad
  • Laxmi Bank