माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ हराएपछि ग्राहक मुर्छा परे, बैंक भन्छ- ‘ह्याकरले चोर्यो होला’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ हराएपछि ग्राहक मुर्छा परे, बैंक भन्छ- ‘ह्याकरले चोर्यो होला’

काठमाडौं । पछिल्लो केही समययता बैंकबाट ग्राहकको रकम हराउने क्रम बढ्दो छ । केही समयअघि एभरेष्ट बैंकमा ग्राहकको करोडौं रकम हराएको प्रकरण सतहमा आएको थियो । जुन प्रकरणमा बैंकका कर्मचारीको मिलेमतो पाइएपछि प्रहरीले बैंकका ब्रान्च मेनेजरसहित ९ जनालाई पक्राउ गरेको छ ।

यहीबीच रौतहटमा पनि माछापुच्छ्रे बैंकबाट ग्राहकको रकम गायब भएको प्रकरण सतहमा आएको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट बृन्दावन नगरपालिका ३ का रामेश्वरराय यादवको ९ लाख रुपैयाँ हराएको पाइएको हो । बैंक खाताबाटै लाखौँ रकम गायब भएको थाहा पाएपछि पीडित पक्षले आइतबार रातिसम्म बैंकको उक्त शाखा घेराउ गरेका थिए ।

भएको के हो ?
आइतबार यादव चेक साट्न भन्दै रौतहतको चन्द्रपुर शाखामा पुगे । खातामा प्रयाप्त रकम रहेको एकिन भएका उनी ८ लाख रुपैयाँको चेक साट्न भन्दै बैंक गएका थिए । तर, जब उनले बैंकको ट्रेलरमा चेक दिए तब उनको खातामा पैसा नै थिएन । आफ्नो खातामा भएको लाखौँ रकम खाताबाटै गायब भएको थाहा पाएपछि यादब मुर्छित भए । ‘मेरो खातामा कति पैसा थियो भन्ने थाहा पाएरै मैले ८ लाखको चेक साट्न बैंक गएको हुँ । शुक्रबार त मेरो खातामा रकम जम्मा भएको म्यासेज नै आएको छ ।’, यादवले भने, ‘तर, आइतबार बैंक पुग्दा खातामा पैसा नै देखिएन । मैले निकालेको पनि छैन र कतै ट्रान्सफर पनि गरेको छैन । अनि बैंकबाटै मेरो पैसा कसरी चोरी भयो ?’

Read More
  • MBL