मर्जर पस्ताव पारित गर्न महालक्ष्मी र प्रभु लाइफ इन्सुरेन्सले जेठ २६ गते बोलाए विशेष सभा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्जर पस्ताव पारित गर्न महालक्ष्मी र प्रभु लाइफ इन्सुरेन्सले जेठ २६ गते बोलाए विशेष सभा

काठमाडौं :  मर्जर प्रस्ताव पारित गर्न महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्सुरेन्सले जेठ २६ गते विशेष साधारण सभा बोलाएका छन् । जसमा महालक्ष्मीको सभा होटल अकामा, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, प्रभुको सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजेनै सुरु हुनेछ । 

दुवै कम्पनीको सभामा महालक्ष्मी र प्रभु एक आपसमा मर्ज हुने प्रस्ताव पेश हुनेछ । मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नामबाट कारोबार गर्ने एजेन्डा पनि छ । प्रभुको सभामा ९.८% बोनस सेयर र कर प्रयोजनको लागि ०.५१८% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । 

Read More
  • MBL