स्वस्तिक लघुवित्तद्धारा योजना तथा जोखिम व्यवस्थापन तालिम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्वस्तिक लघुवित्तद्धारा योजना तथा जोखिम व्यवस्थापन तालिम

स्वस्तिक लघुवित्तले फिल्ड कर्मचारीलाई योजना तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । २०८० बैशाख ३१ देखि जेठ १ सम्म २ दिने तालिममा शाखा कार्यालयमा कार्यरत २० जना फिल्ड कर्मचारीलाई तालिम प्रदान गरेको हो। 

उक्त कार्यक्रममा वित्तीय संस्थाको अध्यक्ष सत्य नारायण झाले कर्मचारीहरुलाई लघुवित्त कार्यक्रममा बढदै आएको समस्याको समयमा सम्पुर्ण कर्मचारीहरुलाई धैर्यताको साथ एकजुट भई सेवा विस्तारको लागी प्रोत्साहन गरेका थिए।

संस्थाको प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले लघुवित्त कार्यक्रममा चौतर्फी दवावमा रहेको समयमा पनि संस्थाको कार्यक्रम मार्फत निरन्तर रुपमा प्रभावकारी तरिकाले विपन्नवर्ग परिवारमा सेवा प्रदान गर्दे आएकोमा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद  दिए।  हालको कार्यशैलीमा परिर्वतन आवश्यक भएको हुदाँ आगामी आर्थिक बर्ष देखि प्रभावकारी कार्यसम्पादनको लागी आवश्यक योजना बनाउन पनि निर्देशन दिए।  

Read More
  • MBL - below news