नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार लघुवित्तको ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।