काठमाडौं। ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बिहीबार बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।