कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्नु: राष्ट्र बैङ्क


  • KSBBL
  • Shine Resunga Development Bank Limited (SHINE)
Gorkha Patra

काठमाडौँ, वैशाख २७ गते । बैङ्कहरुले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ । 

राष्ट्र बैङ्कले पछिल्लो तीन महिनाको आधारदर अनुसार मासिक रूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो । कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

Read More
  • Prabhu Bank
  • Citizens Bank Ad
  • Laxmi Bank