नेपाल बैंकको २२८ औं शाखा काठमाडौंको टोखा, गोंगबुमा


  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको २२८ औं शाखा काठमाडौंको टोखा, गोंगबुमा

 

नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुमा स्थापना गरेको छ। मिति २०८० वैशाख २५ गते सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका बडा नं. ९ का बडा अध्यक्ष श्री रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, गोंगबु शाखाका शाखा प्रवन्धक थ्री दिपा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । टोखा न.पा. वडा नं. ९ का अध्यक्ष श्री रामभक्त घिमिरे अतिथी रहनुभएको उद्घाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विश्वराज बराल, सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी, मुख्य प्रवन्धक श्री लेखनाथ भुषाल, बागमती प्रादेशिक कार्यालय प्रमुख श्री पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख शी बाबुराम काफ्ले तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्तक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राख्नुभएको थियो । न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरेले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ्ग क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउदै हाल नेप्राल बैंकको सेवा प्रवाहको स्थित हेर्दा नेपालको पहिलो तर तन्नेरी बैंकको रुपमा आफुले अनुभव गरेको र नेपाल बैंकलाई वडाको तर्फबाट सम्पुर्ण 'सहयोग रहने तथा आगामी दिनमा गाँगबु शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय शान्ति टोल सुधार समितिका अध्यक्ष श्री गोविन्द प्रसाद पाठक, विनायक अस्पतालका अध्यक्ष श्री के.पी. लामिछाने तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष श्री धृव बहादुर कार्कीले नेपाल बैंकले गोंगबु क्षेत्र शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र नेपाल बैंकसँग सम्बन्ध विस्तार तथा सहकार्यका र सहयोगका लागि तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
 

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्री पासाङ दोर्जी शेर्पाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक श्री कृष्णहरि बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ४२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुन्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।