चिलिमेले बनाउने ८७ मेगावाटको सेती नदी ३ आयोजनाको इआईए तयार


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
चिलिमेले बनाउने ८७ मेगावाटको सेती नदी ३ आयोजनाको इआईए तयार

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा प्रस्तावित ८७ मेगावाटको सेती नदी ३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययन प्रतिवेदन तयार पारेको छ । कम्पनीले प्रतिवेदन तयार पारेर स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा बुझाएको हो ।

यस संगै मन्त्रालयले उक्त प्रतिवेदनमा राय सुझाव दिनको लागि सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले ७ दिन भित्र रायसुझाव दिनको लागि सरोकारवालालाई आग्रह गरेको हो । उपयुक्त राय सुझाव प्राप्त भएमा प्रतिवेदन कार्यान्वयनको लागी स्वीकृति दिंदा ति राय सुझाव ध्यानमा राखिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले मन्त्रालयको वातावरण प्रभाव अध्ययन शाखामा रौ सुझाव बुझाउन आग्रह गरेको छ ।

Read More
  • EBL